अल्कोहलसहित यी तीन चीजसँग झुक्किएर पनि नखानुहोस् लसुन

काठमाडौं, । लसुन लगभग हरेक नेपालीको भान्सामा पाइन्छ। खानाको स्वाद बढाउनुका साथै लसुनलाई स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । यसमा धेरै औषधीय गुणहरू छन्, जसले तपाईंलाई धेरै तरिकामा फाइदा पुर्याउन सक्छ।
तर, लसुनलाई राम्ररी उपभोग गरिएन भने यी फाइदा भन्दा पनि उल्टै बेफाइदामा परिणत हुन सक्छन् । विशेष गरी केहि चीजहरूसँग लसुनको सेवनले गम्भीर समस्याहरू बढाउन सक्छ। डाक्टरले यस्ता ३ कुरा उल्लेख गरेका छन्, जससँग लसुन खानु खतरनाक हुनसक्छ । विशेष गरी यसो गर्दा तपाईको कलेजो र पाचनमा धेरै नराम्रो असर पर्न सक्छ। जानौं यी ३ चिज के हुन् र किन विज्ञहरूले लसुन नखाने सल्लाह दिन्छन् ।
रगत पातलो बनाउने औषधीसँगः
लसुनमा रगत पातलो बनाउने प्राकृतिक गुण हुन्छ । यस्तो अवस्थामा रगत पातलो बनाउने कुनै पनि औषधि सेवन गरिरहनु भएको छ भने लसुनको अत्याधिक सेवनले रगत बग्ने खतरा बढ्छ । एउटा अध्ययनले लसुनसँग यी औषधि सेवन गर्दा रगत बग्ने जोखिम बढ्न सक्ने देखाएको छ । त्यसैले यस्ता औषधि सेवन गर्दै हुनुहुन्छ भने लसुनको सेवन गर्न नबिर्सनुहोस् ।
अल्कोहलसँगः
चिकित्सकका अनुसार मदिरा सेवन गर्नुअघि वा पछि लसुन खाँदा कलेजोमा असर पर्छ । लसुन र रक्सीमा पाइने यौगिकहरूको संयोजनले कलेजोको कार्यलाई असर गर्न सक्छ भने साथै पाचनमा समस्या निम्त्याउन सक्छ। अल्कोहलको साथ लसुन सेवन गर्दा पेट जलन, अपच, एसिड रिफ्लक्सजस्ता धेरै पाचन समस्या हुन सक्छ। त्यसैले यी दुई एकसाथ सेवन गर्नबाट बच्नुपर्छ ।
ग्रिन टिसँगः
यी सबै बाहेक ग्रि टि पिउनु अघि वा पछि लसुन नखान चिकित्सकहरुले सल्लाह दिन्छन् । डाक्टरहरू भन्छन्, ‘लसुन र ग्रिन टी स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर दुवैलाई एकैसाथ सेवन गर्नु हुदैँन । हरियो चियामा क्याफिन र अन्य सक्रिय यौगिकहरू हुन्छन्, जसलाई लसुनसँग मिलाउँदा पेट जलन र एसिडिटी हुन सक्छ। दुबैमा पाइने यौगिकहरूले पाचन प्रणालीलाई असर गर्न सक्छ । जसका कारण ग्याँस, अपच र पेट दुखाइको कारण बनाउँछ।
















युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया