अग्नि ग्रुपले भित्र्यायो १.७ टन भार क्षमताको ‘महिन्द्रा बोलेरो पिक–अप’

काठमाडौं । नेपालका लागि महिन्द्राको युटिलिटी गाडीहरूको आधिकारिक वितरक अग्नि इन्करपोरेटेड प्रालिले नेपालमै पहिलो श्रेणीमा उत्कृष्ट १.७ टन भार क्षमता भएको नयाँ ‘महिन्द्रा बोलेरो पिक–अप फ्ल्याटबेड १.७टी’ सार्वजनिक गरेको छ ।
काठमाडौं गैरीधारा, पोखरा, वीरगञ्ज, चितवन र विराटनगरको महिन्द्रा शोरुममा आइतबार औपचारिक सार्वजनिकीकरण समारोह (लन्च इभेन्ट) मार्फत एकैसाथ नयाँ पिक–अप सार्वजनिक गरिएको हो ।
महिन्द्रा बोलेरो १.७टीले उत्कृष्ट ड्युरेबिलिटी (टिकाउपन) र पर्फर्मेन्सका लागि नेपाल लगायत विश्व बजारमा परिचित रहेको बोलेरो ब्रान्डको विरासतलाई निरन्तरता दिएको कम्पनीको भनाइ छ ।
नयाँ १.७टी भेरिएन्ट, नेपालमा अझ बलियो र अझ बढी क्षमतायुक्त युटिलिटी गाडीको बढ्दो माग ध्यानमा राख्दै निर्माण गरिएको पिक–अप हो ।
महिन्द्रा बोलेरो पिक–अप १.७टीले नेपालमा व्यावसायिक तथा युटिलिटी सवारी क्षेत्रमा एक नयाँ स्तर निर्धारण गरेको छ भने हरेक व्यवसायीलाई हरेक किसिमको रोडमा साथ दिने प्रतिबद्धता गरेको छ ।
६३ बीएचपीको पावर र १९५ न्युटन मिटरको टर्क दिने २.५ लिटरको ‘एमटु–डीआई–सीआर’ डिजेल इन्जिन रहेको नयाँ महिन्द्रा बोलेरो पिक–अप १.७टी उत्कृष्ट पर्फर्मेन्स र युटिलिटिका लागि विभिन्न विशेषताले भरिपूर्ण रहेको छ । यसमा ९ फिट लामो कार्गोबेड, बलियो डबल बेयरिङ एक्जिल र ९ पाता भएको स्प्रिङ सस्पेन्सनले गर्दा यसले भारी लोडमा पनि अटल पर्फर्मेन्स सुनिश्चित गर्दछ ।
साथै, श्रेणीमा उत्कृष्ट माइलेजले गर्दा उत्कृष्ट पर्फमेन्ससँगै राम्रो इन्धन–कुशलता (फ्युल–इफिसिएन्सी) पनि सुनिश्चित गर्दछ । यसका साथै इन्टेरियरमा आराम र सहजताका लागि फराकिलो को–ड्राइभर सिट, ड्राइभरका लागि रिक्लाइनर सिट र हेडरेस्ट आदि विशेषता समावेश छन् ।
महिन्द्रा बोलेरो पिक–अप १.७टी नेपाली ग्राहकका लागि २५ लाख ६५ हजार (१५ लाख ६५ हजार) को विशेष लन्च मूल्यमा उपलब्ध छ । अग्नि ग्रुपले ग्राहकहरूका लागि नयाँ पिक–अप खरिद गर्न अझ सजिलो बनाउँदै अग्नि ग्रुप अन्तर्गतकै कम्पनि अग्नि हायर पर्चेजमार्फत सहज वित्तीय सुविधा उपलब्ध गराएको छ ।
यस अन्तर्गत ७० प्रतिशतसम्म फाइनान्सिङ (सर्तहरू लागु), १ दिनमै छिटो कर्जा निर्णय, ९.९९५ को प्रतिस्पर्धात्मक ब्याजदर ९२०८२ असार महिनाको अन्त्यअघि खरिद वा बुकिङ गर्नेहरूको लागि०, शून्य प्रोसेसिङ शुल्क तथा सहज कागजात प्रक्रिया आदिको लाभ लिई सजिलै पिक–अप खरिद गर्न सकिनेछ ।
वित्तीय सुविधामा स्वरोजगार ९सेल्फ–इम्प्लोयड० नेपालीहरूलाई विशेष प्राथमिकता दिइनेछ । त्यसैगरी, अग्नि ग्रुप अन्तर्गतको कम्पनी अग्नि आस्था प्रालिमार्फत ग्राहकले उत्कृष्ट मूल्याङ्कनसहित र झञ्झटमुक्त प्रक्रियामा आफ्नो पुरानो गाडीसँग नयाँ महिन्द्रा बोलेरो पिक–अप १.७टी एक्सचेन्ज गर्न सक्नेछन् ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया