बुधबार, जेठ १४, २०८२

धनुषामा दुई साँढेको जुधाइमा परेर एक जनाको मृत्यु

मेरोन्यूज २०८२ जेठ १२ गते २०:४३

जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ ।मधेश प्र ०२-००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका बेला उपमहानगर-६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नं ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो । 

उनलाई जानकी हेल्थ केयरमा उपचारका लगिएकामा गएराति नै  चिकित्सकले मृत घोषणा गरेका धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया