सीप सिकेर आत्मनिर्भरतातर्फ उन्मुख गोमा

भद्रपुर (झापा)। “जब महिलाले कुनै सीप सिक्छिन्, उनी मात्र होइन, उनको परिवार र समाज आत्मनिर्भर बन्छ,” गोमा घिमिरे बराल यही भनाइको ज्वलन्त उदाहरण हुन् ।
झापाको दमक नगरपालिका–२ हिमालीटोलस्थित गरिमा सिलाइकटाइ तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएकी उनले आफूसँगै थप पाँच जना महिलालाई रोजगारी दिएकी छिन् । सामान्यतया महिलाले लगाउने सबै किसिमका कपडा सिलाइ हुने उक्त केन्द्रमा विद्यालयका झोला, पर्सलगायत सामान उत्पादन हुने गर्छ । दमक बजार, इलाम, पाँचथरलगायत स्थानमा ती सामग्रीको उच्च माग रहेको गोमा बताउँछिन् ।
आफ्नै घरमा सटर निकालेर उद्यम गरेकी गोमाले ढाकाका उत्पादन ५० देखि एक हजार ५०० सम्ममा बिक्री गर्दै आएकी छिन् । बजारको माग उच्च रहेकाले कहिले काहीँ माग नै स्थगन गर्नुपरेको गोमा बताउँछिन् । सिलाइसम्बन्धी सीप सिकेपछि बेरोजगार बस्नुपरेको छैन । घरको सबै काम गरेर आफ्नै घरसमेतमा यो उद्यम गर्न सकिने भएकाले धेरै जसो महिला यो उद्दममा लागिरहेको उनी बताउँछिन् । जसबाट खर्च कटाएर दैनिक एक हजारदेखि एक हजार ५०० सम्म बचत हुने गरेको छ,” उनले भनिन् ।
झण्डै १० वर्ष पहिले इलाममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सिलाइसम्बन्धी आधारभूत तालिम लिएकी गोमाले इलाममै चिनजानकै सिलाइ पसलमा काम गरी अनुभव सङ्गालिन् । काम गर्दै जाँदा घरेलुबाट उद्यमशीलतासम्बन्धी तालिम लिएपछि आफैँ उद्यम गर्नुपर्छ भन्ने उत्प्रेरणा जाग्यो पाँच हजारमा पुरानो सिलाइ मेसिन खरिद गरी व्यवसाय सुरू गरिन् । छरछिमेकका महिला दिदीबहिनिका कपडा सिलाइकटाइ गरी घरबाटै व्यावसाय सुरू गरेकी गोमाले चार वर्ष इलाममै बिताएकी थिइन् ।
विसं २०७६ सालतिर गोमा परिवारसहित इलामबाट झापाको दमक बसाइ सरिन् । बसाइ सरेसँगै आफूले सिकेको सीप र व्यवसायसमेत निरन्तरता दिएकी गोमाले ढाकाका झोला तथा पर्सको राम्रो सम्भावना देखेपछि वडा कार्यालयबाट सञ्चालित १५ दिने ढाकासम्बन्धी तालिम लिइन्। साथै उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट दोस्रो तहको तालिमसमेत लिइन् ।
यो तालिमपश्चात उनको परिचय सिलाइसम्बन्धी प्रशिक्षकको रूपमा स्थापित भयो । अब उनले परिषद् तथा अन्य संस्थाका आधारभूत तह–१ का तालिममा प्रशिक्षण गर्न योग्य भइन् । तालिम दिन जिल्लाका विभिन्न ठाउँमा जानुपर्ने तथा केन्द्रसमेतमा उत्पादनको उच्च माग रहेकोले दुवैतिर समय मिलाउन मुस्किल हुने गरेको गोमा बताउँछिन् ।
व्यावसायलाई उकास्न समय–समयमा घरेलुले गरेको प्रविधिमा अनुदान सहयोगले काम गर्न थप ऊर्जा प्राप्त हुँदै गएको गोमा सुनाउँछिन् । विभिन्न सरकारी निकाय तथा विभिन्न सङ्घसंस्थाबाट हुने यस्ता अनुदान सहयोगको उचित सदुपयोग गर्ने हो भने गाउँमै राम्रो रोजगारीको अवसर सिर्जना गर्न सकिने उनको भनाइ छ । आफ्ना उत्पादनलाई स्थानीय मेला, टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत प्रचार–प्रसाहर गर्दै आएकी छिन् ।
आपूmले सञ्चालन गरेको केन्द्रले महिला दिदिबहिनीलाई सीप सिकाउने, आम्दानीको स्रोत प्रदान गर्ने र आत्मबल बढाउने काम गरेकोमा सन्तुष्टी मिल्ने गरेको गोमा बताउँछिन् । सिलाइ कटाइसँगै ग्रामेन्टसमेतको उद्ययोग दर्ता गरिसकेकाले विस्तारै विस्तारै व्यावसाय बढाउँदै लैजाने उनको योजना छ ।

















अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
प्रतिक्रिया