चिनियाँ रासायनिक कारखानामा भयानक विष्फोट

पूर्वी चीनको एक रासायनिक कारखानामा मङ्गलबार भएको ठूलो विस्फोटका कारण भवनबाट ठूलो मात्रामा धुवाँको मुस्लो उठेको चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमले जनाएको छ । चीनको समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीका अनुसार राजधानी बेइजिङबाट करिब ४५० किलोमिटर दक्षिणपूर्वमा रहेको शान्दोङ प्रान्तको गाओमी शहरमा अवस्थित युदाओ केमिकल प्लान्टमा स्थानीय समयअनुसार बिहान ११ः५७ बजे विस्फोट भएको हो । बेइजिङबाट प्रकाशन हुने पत्रिका सिनजिङबाओको अनलाइन सेवामा प्रसारण गरिएको भिडिओमा आकाशमा धूलो र धुवाँको बाक्लोे मुस्लो उडिरहेको, औद्योगिक क्षेत्रमा आगो लागेको र पसलका झ्यालहरू विस्फोटबाट उडेको देखिन्छ। भिडियो क्लिपमा सडकको छेउछाउमा भग्नावशेष छरिएको, झ्यालहरू फुटेको कार र पृष्ठभूमिमा रहेका घर तथा भवनहरूलाई प्रभावित पार्ने खालको सुन्तला रङ्गको ठूलो आगोको लप्को पनि देखाइएको छ । राष्ट्रिय आपतकालीन व्यवस्थापन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आपतकालीन सेवाका लागि ५५ वटा सवारी साधन र २३२ जना पहिलो उद्धारकर्तालाई घटनास्थलमा पठाएको विज्ञप्तिमा उल्लेख गरेको छ । चिनियाँ अनलाइन मिडिया द पेपरका अनुसार ४७ हेक्टर (११६ एकड) को जमिनमा फैलिएको युडाओ केमिकलले ‘कम विषाक्त’ कीटनाशकहरू उत्पादन गर्दछ र यहाँ करिब ३०० मानिसहरूले काम गर्छन् । यसअघि सन् २०१५ मा बन्दरगाह शहरका रूपमा चिनिने तियानजिनमा ज्वलनशील रसायन भएको गोदाममा भएको विस्फोटमा १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने ७०० जना घाइते भएका थिए। —
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया