सोमबार, वैशाख २१, २०८३

‘मानवअधिकार संरक्षणमा सबैको दायित्व महत्त्वपूर्ण’

मेरोन्यूज २०८२ जेठ १३ गते २०:३६

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मानवअधिकार संरक्षणमा सबैको दायित्व महत्त्वपूर्ण हुने बताएका छन् ।

Advertisement
NiccNicc

राष्ट्रिय मानवअधिकार आयोगको २५औँ (रजत) वार्षिकोत्सवको उपलक्ष्यमा आयोगको कोशी प्रदेश कार्यालयद्वारा विराटनगरमा आयोजित अन्तरक्रियामा उनले मानवअधिकार संरक्षण र संवर्द्धनमा सम्बन्धित सरोकारवाला गम्भीरतापूर्वक काम गरेमा सफल हुने धारणा राखे ।  प्रदेश प्रमुख खापुङले समाजमा हुने विभेद, असमानता, अन्याय र अत्याचार समाप्त गरेमा मानवअधिकार संरक्षण  गर्न सकिने उल्लेख गरे ।

प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले संविधानमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी, पिछडिएका समुदाय महिला, आदिवासी जनजातिको हकअधिकार एवं मानवअधिकार स्थापित गर्न राजनीतिक दलका नेताहरूको भूमिका महत्त्वपूर्ण रहने चर्चा गरे ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आयोगको कामले अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च छवि कायम राख्न सफल भएको बताए । 

आयोगका मानवअधिकार अधिकृत डिल्लीराम लम्सालले कोशी प्रदेश कार्यालयले मिति २०८१ जेठ १३ गतेदेखि २०८२ जेठ १२ गते जम्मा २३२ उजुरी प्राप्त भएकामा ९२ वटा अनुसन्धान गरिएको जानकारी दिए ।

प्रतिक्रिया