दक्षिण कोरियाको राष्ट्रपतीय चुनावमा विपक्षी दलका ली अग्रस्थानमा : सर्वेक्षण

एजेन्सी । दक्षिण कोरियाली विपक्षी नेता ली जे–म्युङ देशको नयाँ राष्ट्रपतिका लागि स्पष्ट रूपमा प्रबल दाबेदार रहेको मङ्गलबार सार्वजनिक ‘ग्यालप’ को सर्वेक्षणले देखाएको छ ।
दक्षिण कोरियाली पूर्व नेता युन सुक योलले गत डिसेम्बरमा नागरिक शासनलाई निलम्बित गर्ने असफल प्रयासका कारण महिनौँदेखि जारी राजनीतिक उथलपुथललाई अन्त्य गर्दै आगामी जुन ३ मा दक्षिण कोरियामा मतदान हुँदैछ ।ग्यालपले गरेको सर्वेक्षणमा डेमोक्य्राटिक पार्टीका नेता लीलाई स्पष्ट बहुमत आउने देखिएको छ । सहभागीमध्ये ४९ प्रतिशत उत्तरदाताहरूले उनलाई सबैभन्दा राम्रो उम्मेदवारको रूपमा हेरेका छन् ।
सत्तारुढ दल पिपुल्स पावर पार्टीका पूर्व लेबर मन्त्री किम मुन सोलाई ३५ प्रतिशतले मन पराएका छन् ।तेस्रो स्थानमा सुधार पार्टीका ली जुन–सिओक रहेका छन् । उनले दक्षिण कोरियाली युवालाई लक्षित गरी अभियान चलाइरहेका छन्।
ग्यालप कोरियाले फोनमा गरेको सर्वेक्षणमा गत साता एक हजार चार उत्तरदाताहरूको सर्वेक्षण गरिएको थियो, जसमा ३.१ प्रतिशत बिन्दुको त्रुटिको अनुमान गरिएको छ ।
सर्वेक्षणले डेमोक्र्याटिक पार्टीका नेताले राजधानी सियोल, इन्च्योन र ग्योन्गीको सबैभन्दा बढी जनसङ्ख्या भएको क्षेत्रमा जित हासिल गर्ने अनुमान गरेको छ ।
तेस्रो स्थानमा रहेका ली जुन–सिओकले वामपन्थी झुकाव भएका ली जे–म्युङलाई विजयी हुनबाट रोक्नका लागि राष्ट्रपतिपदको आफ्नो उम्मेदवारी त्याग्न कन्जरभेटिभहरूको बढ्दो दबाबको सामना गर्नुपरेको छ ।
तर, ४० वर्षीय जे–म्युङलाइ भने चुनावको दिन मतपत्रमा आफ्नो नाम ’स्पष्ट देखिने’ घोषणा गर्दै आएका छन् ।
मङ्गलबारको सर्वेक्षणले जे–म्युङले एकीकृत कन्जरभेटिभ उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपरे पनि जित हासिल गर्ने सङ्केत गरेको छ ।
सर्वेक्षणमा सहभागीमध्ये करिब पाँच प्रतिशतले आफूलाई कुनै प्राथमिकता नभएको वा को उत्कृष्ट उम्मेदवार हुने भन्ने थाहा नभएको बताएका छन् ।
यो सर्वेक्षण अर्को हप्ताको मतदान अघि जारी गरिने अन्तिम सर्वेक्षणमध्ये एक हो ।
कन्जर्भेटिभ पार्टीका उम्मेदवार किमले युनको सैनिक शासनको पराजयपछि सर्वसाधारणको ध्यान तान्न सफल भएपनि नागरिक शासनको निलम्बन रोक्न असफल भएकोमा जनतासँग माफी माग्न अस्वीकार गरेका थिए ।
‘नेक्स्ट रिसर्च’ले सोमबार सार्वजनिक गरेको एक सर्वेक्षणले दुई उम्मेदवारबीचको अन्तर देशव्यापी रूपमा नौ प्रतिशत बिन्दुमा खुम्चिएको र सियोलमा यो अन्तर ३.२ अङ्कमा खुम्चिएको देखिएको छ ।
ली सन् २०२२ को राष्ट्रपतीय चुनावमा युनसँग देशको इतिहासमै सबैभन्दा कम मतान्तर पराजित भएका थिए ।
प्रतिक्रिया