गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको अवरोध जारी राख्ने विपक्षी दलको निर्णय

काठमाडौँ। बानेश्वरस्थित संघीय संसद् भवनमा जारी विपक्षी दलको बैठक सकिएको छ।
जारी सदन अवरोध र गृहमन्त्री रमेश लेखकको राजीनामाका विषयमा केन्द्रित उक्त बैठकले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको अवरोध जारी राख्ने निर्णय गरेको छ।
‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिएसम्म हिजाेकाे आन्दोलन यथावत् राख्ने निर्णय भएकाे छ,’ सांसद माधव सापकोटाले भने।
यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेता पुष्पकल दाहाल ‘प्रचण्ड’लाई फाेन गरेर सदनकाे अवराेध खाेल्न अनुराेध गरेका छन्। प्रचण्डले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सदनकाे अवराेध खाेल्न नसक्ने जवाफ दिएकाे सांसद सापकोटाले जानकारी दिए।
यता, बालुवाटारमा बसेको गृहमन्त्री रमेश लेखकसहित ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको बैठकले लेखकलाई राजीनामा नगराउने निर्णय गरेको छ। यद्यपि, लेखकले आफू राजीनामा दिन तयार रहेको बताएका थिए।
















बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया