४५ संस्थानमा सरकारको सात खर्ब लगानी, कुल सम्पत्ति २९ खर्ब १० अर्ब

काठमाडौँ । नेपालका सार्वजनिक संस्थानमा आर्थिक वर्ष २०८०/८१ सम्म सरकारको लगानी सात अर्ब तीन अर्ब ९३ करोड रुपैयाँ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ ।
सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८२’ पेश गर्दै यस्तो जानकारी दिएका हुन् ।
हाल देशमा ४५ वटा सार्वजनिक संस्था सञ्चालनमा छन् । जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व छ ।
आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति अघिल्लो आर्थिक वर्षभन्दा २.०२ प्रतिशतले वृद्धि भइ २९ खर्ब १० अर्ब १७ पुगेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्म ५.८६ प्रतिशतले वृद्धि भइ सात खर्ब तीन अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
यी संस्थानमा सरकारको शेयर लगानी तीन खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी तीन खर्ब ३९ अर्ब सात करोड रुपैयाँ रहेको अर्थमन्त्रीले बताएका हुन् ।















कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
प्रतिक्रिया