त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन ४ अर्ब १५ करोड विनियोजन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा विकास गर्न ४ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणका क्रममा विमानस्थलको क्षमता विस्तार गरी बढ्दो यात्रुचाप व्यवस्थापन गर्न र मौलिक परम्परा तथा संस्कृति झल्कने बुटिक विमानस्थल बनाइने बताए।
यो अवधारणा यसअघि २०७६ सालको नीति तथा कार्यक्रममा पनि समेटिएको थियो। तत्कालीन समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै त्रिभुवन विमानस्थललाई नेपाली संस्कृति र परम्परा झल्कने बुटिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिने उल्लेख गरेकी थिइन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७५ पुसमा यो योजनामा काम सुरु गरेको थियो।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा २०४५ सालमा निर्माण सम्पन्न भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन काठमाडौँ उपत्यकाका खेतबारीका गराबाट प्रेरित छ। दुई जर्मन र जापानी इन्जिनियरले खेतका गराको शैलीमा यो विमानस्थलको डिजाइन गरेका थिए।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाइ उडान सुरक्षा सूचीबाट हटाउन आवश्यक कदम चालिने बताए। साथै, आन्तरिक हवाइ यात्रालाई थप सुरक्षित र पहुँचयोग्य बनाइने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रूपमा विकास गरिने र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकका लागि किफायती हुने गरी सञ्चालन गर्न आवश्यक सुविधा उपलब्ध गराइने उनले उल्लेख गरे।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया