सबै प्रदेशमा श्रम मेला गरिने
मेरोन्यूज
२०८२ जेठ १५ गते १७:३३

काठमाडौं । सरकारले आगामी बर्ष सबै प्रदेशमा श्रम मेला गर्ने भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बर्षको बजेट प्रस्तुत गर्दै उहाँले आगामी वर्ष सबै प्रदेशमा श्रम मेला चलाइने बताएका हुन् ।
मन्त्री पौडेलका अनुसार सबै नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइनेछ भने निजी क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनेछ । सबै किसिमका भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन गरिएको मन्त्री पौडेलले बताए । पौडेलले आगामी आवको बजेटमा रोजगार पोर्टल सञ्चालन गर्ने घोषणा पनि गरे ।
थप द्विपक्षीय श्रम सम्झौता र महिलाको कार्यस्थल सुरक्षा सुनिश्चितता गर्न थप सम्झौता गरिने, सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सहजता सुनिश्चित गर्न कदम चाल्ने मन्त्री पौडेलले बताए ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया