इजरायली आक्रमणबाट गाजामा आज ४४ जनाको मृत्यु

इजरायली आक्रमणमा परी गाजा पट्टीमा बिहीबार कम्तीमा ४४ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् ।
दुई महिनाभन्दा लामो नाकाबन्दीपछि अन्ततः गाजामा सहायता फिर्ता आउन थालेको छ तर १८ महिनाको विनाशकारी युद्धपछि मानवीय स्थिति अझै भयावह छ। खाद्य सुरक्षा विज्ञहरुका अनुसार हरेक पाँच जनामध्ये एक जना भोकमरीको चपेटामा परेका छन् ।
सन् २०२३ को अक्टोबर ७ मा भएको हमासको आक्रमणपछि इजरायली सेनाले पनि हमासको विनाशका लागि नयाँ प्रयास गरेको भन्दै उक्त क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्रता दिएको छ ।
गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघैरले एएफपीसँग भन्नुभयो, “इजरायली आक्रमणमा ४४ जनाको मृत्यु भएको छ, जसमा २३ जना अल–बुरेजस्थित एक घरमा भएको आक्रमणमा मारिएका छन् ।”
“दक्षिणी गाजा पट्टीको मोराग क्षेत्रमा रहेको अमेरिकी सहायता केन्द्र नजिकै आज बिहान इजरायली सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन्,” उहाँले भन्नुभयो ।
अमेरिका समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ) द्वारा सञ्चालित यो केन्द्र हमासको हातबाट आपूर्तिलाई टाढा राख्नको लागि सहायता वितरणको लागि नयाँ प्रणालीको एक हिस्सा हो । संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घबाट यसको आलोचना भएको छ।
“हामीमाथि जे भइरहेको छ, त्यो अपमानजनक छ। भीडले हामीलाई अपमानित गरिरहेको छ,” बिहीबार जीएचएफ केन्द्रको भ्रमण गरेकी गाजाकी स्थानीय सोभी अरिफले भन्नुभयो ।
“आफ्ना बच्चाहरूलाई खुवाउनको लागि एक बोरा मैदा प्राप्त गर्न हामी त्यहाँ जान्छौँ र हाम्रो जीवनलाई जोखिममा पार्छौँ ।”
इजरायली सेनाले अल–बुरेज र सहायता केन्द्र नजिकै भएको मृत्युको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै इजरायली सेनाले भनेको छ, “बुधबार गाजा पट्टीमा दर्जनौँ आतङ्कवादी लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।”
युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लाससँग बिहीबार भएको टेलिफोन वार्तामा जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलको ‘व्यवस्थित भोकमरी रणनीतिले सबै नैतिक र कानुनी सीमा नाघेको’ बताएका छन् ।
















नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्युएए’
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया