वर्षमानले भने- बलियो सरकारको बजेट खासै गतिलो देखिएन
मेरोन्यूज
२०८२ जेठ १५ गते २०:५१

काठमाडौं।प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले बलियो भनिएको सरकारले ल्याएको बजेट बलियो नदेखिएको बताएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्बको बजेट प्रस्तुत गरेपछि पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
बिहीबार संसद् भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसँग कुरा गर्दै पुनले आकारका हिसावले गत वर्षको तुलनामा ठूलोसँगै धेरै छरिएर आएकोसमेत बताए । अर्थतन्त्र रुपान्तरणका लागि ठोस कुरा आउन नसकेको र अर्थतन्त्रका केन्द्रका चर्चालाई पनि नसमेटिएको उनले बताए ।
पुनले गत वर्षका महत्वपूर्ण कार्यक्रमलाई पनि अहिले समेट्न नसकेकाले नियमित बजेटका रुपमा मात्रै आएको जिकिर गरे । उनले विद्युतीय गाडीको करलाई यसअघिकै रुपमा निरन्तरता दिनु राम्रो कुरा भएको बताए ।
सम्बन्धित










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया