गाजा युद्दको ६ सय दिन पुरा: ५४ हजार बढी मृत्यु, लाखौं भोकमरीमा

गाजा । इजरायल र हमासबीच जारी युद्धको ६ सय दिन पूरा भएको छ ।
बिगत ६०० दिनदेखि मध्यपूर्व रगत, आँसु र विनाशको अन्धकारमा डुबेको छ । एउटा द्वन्द्व, जुन दुई पक्षबीचको लडाइ मात्र होइन, लाखौं निर्दोष जनताको बाँच्ने प्रश्न बनेको छ ।
७ अक्टोबर २०२३ मा सुरु भएको यो संघर्षले अहिले ६ सय दिन पार गरिसकेको छ । यो हिंसाले सामान्य जनजीवनलाई यति गहिराइमा पु¥याउनेछ भन्ने सायद विश्वले कल्पना पनि गरेको थिएन ।
तथ्यांकको कुरा गर्दा मृत्यु हुनेको संख्या ५४ हजारभन्दा बढी छ भने घाइतेको संख्या लाखौंमा नाघेकाे छ । गाजामा इजरायलको युद्ध सुरु भएदेखि कम्तिमा ५४ हजार २४९ प्यालेस्टाइनीहरू मारिएका छन् । १ लाख २३ हजार ४९२ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटमा उल्लेख छ । इजरायली सेनाले मार्च १८ मा गाजामा पुनः शत्रुता सुरु गरेदेखि ३९८६ प्यालेस्टाइनीहरूलाई मारेको छ र ११४५१ अन्य घाइते भएका छन्। मन्त्रालयले थपेको छ कि बितेका २४ घण्टामा गाजा अस्पतालमा ६७ शव र १८४ घाइते जम्मा भएका छन्।
तर यी तथ्याङ्कहरू पछाडि हतियार मात्र होइन, भोक, रोग र जीवनको बन्द लाइनहरू पनि जिम्मेवार छन्। केही महिनाअघि सीमाना पूर्ण रूपमा सिल गरिएको थियो । न खाना, न औषधि, न राहत वितरण गर्न सकियो । बाँच्नको लागि हरेक दिन संघर्ष गरिरहेका छन्।
रिपोर्टका अनुसार अवस्था यति खराब बनेको छ कि मानिसहरूले फोहोरको थुप्रोमा खाना खोज्न बाध्य छन्। छोराछोरीलाई बचाउन एउटी आमाले पोलेको भात र सुकेको रोटी उमालेर खुवाउने प्रयास गरिरहेकी छिन् । यो भोकमरीको दृश्य मात्र होइन, यो ठूलो विनाशको दृश्य हो।
हालै केही राहत सामग्री आइपुग्यो तर स्थिति यति विष्फोटक थियो कि भीडले नियन्त्रण गुमायो र सुरक्षा बलले जवाफी फायरिङ गर्यो। यस अराजकतामा धेरैले ज्यान गुमाए, दर्जनौं घाइते भए। बन्धक फिर्ताको कुरा गर्दा हालसम्म १४८ जना फर्किएका छन् । कहिले सम्झौतामा, कहिले कुनै सम्झौता बिना, कहिले सैन्य कारबाही मार्फत तर सयौं अझै बेपत्ता छन् । र, तिनीहरूलाई फिर्ता ल्याउन कूटनीतिक प्रयासहरू भइरहेका छन्। युद्धविरामको बारेमा बयानबाजी चर्को छ, तर स्पष्ट बाटो देखिँदैन।
जब इजरायलले भूमिमा ठूलो आक्रमणको कुरा गर्छ, हमासले युद्धविरामका सर्तहरू परिवर्तन गर्दछ। मध्यस्तकर्ता देशहरू इजिप्ट, कतार र अमेरिका जो ब्याकफुटमा छन्। विश्वले विज्ञान, विकास र कूटनीतिको कुरा गरिरहेको बेला सिङ्गो क्षेत्र भोक, बन्दुक र विनाशले डुबेको छ ।
















सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया