अफताव आलमलाई मस्तिष्कघात
मेरोन्यूज
२०८२ जेठ १६ गते २०:३७

काठमाडौं। हालै जेलबाट छुटेका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ ।
मस्तिष्कघात भएपछि उनलाई अहिले अस्पताल भर्ना गरिएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।
हाल आलमको स्वास्थ्य अवस्था स्थिर छ । रौतहटमा इटाभट्टामा मान्छेलाई जिउँदै पोलेर हत्या गरेको आरोपमा उनले बुधबारमात्रै अदालतबाट सफाइ पाएका थिए ।
बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले उनीसहितका चार जनालाई थुनामुक्त गरेको थियो । जिल्ला अदालत रौतहटले १३ बैशाख २०८१ मा उनीविरुद्ध जन्मकैदको फैसला सुनाएको थियो ।
सम्बन्धित
















नेशनल लाईफद्वारा कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया