आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा रहेको युुवा वर्ष आधारभूत विद्यालयको तीन वटा कक्षामा विद्यार्थी सङ्ख्या शून्य भएको छ । कक्षा चारसम्मको पठनपाठनको अनुुमति पाएको विद्यालयको २, ३ र ४ कक्षामा नयाँ शैक्षिक सत्र २०८२ मा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या शून्य भएको हो ।
प्रधानाध्यापक खिमबहादुर चर्माकारले बालकक्षामा चार र कक्षा एकमा तीन जना विद्यार्थी रहेका बताउनुभयो । “गत वर्ष कक्षा ४ मा तीन, ३, २ मा एक/एक एक र १ मा तीन जना विद्यार्थी थिए”, उनले भने, “चार कक्षा उत्तीर्ण भएका माथिल्लो तह अध्ययन गर्न, सारेमारे टोलबाट आउने २ र ३ का विद्यार्थी टाढा भएपछि अर्को विद्यालयमा भर्ना भए ।” कक्षा १ का विद्यार्थीको उमेर कम भएको र सिकाइ वृद्धिका लागि कक्षा दोहोर्याइएको र बालकक्षामा नयाँ विद्यार्थी भर्ना गरिएको प्रअ चर्माकारले बताए।
युुवा वर्षको सेवा क्षेत्रमा पर्ने आनन्दबगर, लामगरा, सिम र सारेमारे टोलमा भर्नाका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षकले घरदैलो गरेका थिए । आनन्दबगर र सारेमारे टोल टाढा भए पनि नजिकैको लामगरा र सिमका अभिभावकले पनि बेनीका सामुदायिक र निजी विद्यालयमा पठाउन थालेपछि पछिल्लो पाँच वर्षयता विद्यार्थी सङ्ख्या घट्दै गएको व्यवस्थापन समितिका अध्यक्ष भविराम थापाले बताउनुभयो । लामगरा र सिममा करिब ५० घरपरिवारको बसोबास छ ।
अङ्ग्रेजी माध्यमबाट पठनपाठन, पुस्तकालय, बालमैत्री शिक्षण विधि, विपन्न विद्यार्थीको लागि पोसाक र शैक्षिक सामग्रीको व्यवस्था मिलाए पनि अभिभावकले वास्ता नगर्दा निराश भएको व्यवस्थापन समितिका अध्यक्ष थापाले बताउनुभयो । विसं २०४१ मा स्थापना भएको विद्यालयमा १०० जनासम्म विद्यार्थी हुुन्थे ।
सिकाइ उपलब्धि ९५ प्रतिशत छ । विद्यार्थी सङ्ख्या कम भएपछि गत वर्ष बेनी नगरपालिकाले एक वटा कक्षा घटुवा गरेर चार कक्षासम्म कायम गरेको थियो । उक्त विद्यालयमा हाल दुई जना स्थायी दरबन्दी, एक जना निजी स्रोतका शिक्षक र एक जना सहयोगी कर्मचारी छन् । बेनी नगरपालिकाले विद्यार्थी नभएका कक्षा घटुवा गर्ने र शिक्षकलाई नजिकको धेरै विद्यार्थी भएको विद्यालयमा व्यवस्थापन गर्ने नीति लिएको छ । युवा वर्षलगायत विद्यार्थी कम भएका विद्यालयको सघन अनुगमन गरेर आवश्यक निर्णय लिइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया