डिजिटल नेपाल फ्रेमवर्क सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री गुरुङ

टोकियो। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
जापानको राजधानी टोकियोमा शुक्रबार सम्पन्न भएको एसिया–प्रशान्त दूरसञ्चार (एटीपी) २०२५ मन्त्रिस्तरीय बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री गुरुङले डिएनफको सफल कार्यान्वयनका लागि सूचना प्रविधिको पारिस्थितिक प्रणाली र अनुकूल वातावरणको तत्परता आवश्यक रहेको बताएका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले डिजिटल अर्थतन्त्र वृद्धिसँगै सुरक्षित, समावेशी र अवसरयुक्त डिजिटल युग निर्माण गर्न खोजिएको भनाइ राखे । साथै, सुरक्षित र विश्वसनीय डिजिटल वातावरणको आजको आवश्यकता रहेकोमा जोड दिँदै नेपालमा डिएनएफले डिजिटल रूपान्तरणको लागि सुरक्षा र विश्वासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
नागरिकलाई सशक्त बनाउन, साइबर सुरक्षा मुद्रा निर्माण गर्न, डिजिटल पूर्वाधारमा लगानी गर्नका लागि सरकार लागेको उनको भनाइ थियो । साथै डाटा सुरक्षित गर्नुका साथै नवप्रवर्तनलाई तीव्रता दिने विषयमा पनि नेपालको प्रमुख चासो रहेको बताए। त्यस्तै नेपाल एपिटीसँग गहिरो साझेदारीका रुपमा संलग्न भई, ज्ञान बाँड्ने प्रतिबद्धतासमेत मन्त्री गुरुङले राखे ।
नेपालले प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र नीतिगत संलग्नतामा एपिटीले प्रदान गरेको सहयोगलाई गहिरो रूपमा महत्व दिने मन्त्री गुरुङको भनाइ थियो ।
नेपाल डिजिटल छलाङको चरणमा रहेको जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको दूरदर्शी नेतृत्वमा उद्योग स्थापना गर्न, रोजगारी सिर्जना गर्न, कुल ग्राहस्थ उत्पादन बढाउन, नवीन र समावेशी अर्थतन्त्र सिर्जना गर्न दृढ संकल्पका साथ काम गरिरहेको उनले बताए।

















दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध
नेप्से परिसूचकमा सकारात्मक सर्किट
समानुपातिकको मतगणना जारी, ८३ लाख ८२ हजार ९८४ गणना
India wins T20 World Cup Cricket title
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया