थाइल्याण्डकी ओपल सुचताले जितिन मिस वर्ल्डको ताज
मेरोन्यूज
२०८२ जेठ १८ गते ७:५३

हैदाराबाद । थाइल्याण्डकी २१ वर्षीया ओपल सुचता चुआङ्श्रीले मिस वर्ल्ड २०२५ को उपाधि जितेकी छिन् ।
हैदरावादको हाइटेक्स प्रदर्शनी केन्द्रमा १०८ देशका प्रतियोगीहरू बीचमा भएको यो प्रतियोगितामा सबैलाई पछि पार्दै उनले उपाधी जितेकी हुन् ।
मिस वर्ल्ड २०२४ क्रिस्टिना पिज्कोभाले ओपल सुचतालाई आफ्नो मुकुट प्रदान गरेकी छन् ।
मिस वर्ल्ड रनरअप इथियोपियाकी ह्यासेट डेर्जे थिइन् भने सेकेन्ड रनरअप पोल्याण्डकी माजा क्लाज्दा र थर्ड रनरअप मार्टिनिककी ओरेली जोआचिम भए ।
मिस वर्ल्डको उपाधि जितेपछि ओपल सुचताले भावुक हुँदै भनिन्, ‘यो मेरो व्यक्तिगत जित मात्र होइन, हेर्न, सुन्न र फरक पार्न चाहने युवा युवतीहरूको पनि जित हो। म यस विरासतको प्रतिनिधित्व गर्न र मिस वर्ल्डको यो युगमा वास्तविक परिवर्तन ल्याउन पाउँदा गर्व गर्छु।’
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया