थाइल्याण्डकी ओपल सुचताले जितिन मिस वर्ल्डको ताज
मेरोन्यूज
२०८२ जेठ १८ गते ७:५३

हैदाराबाद । थाइल्याण्डकी २१ वर्षीया ओपल सुचता चुआङ्श्रीले मिस वर्ल्ड २०२५ को उपाधि जितेकी छिन् ।
हैदरावादको हाइटेक्स प्रदर्शनी केन्द्रमा १०८ देशका प्रतियोगीहरू बीचमा भएको यो प्रतियोगितामा सबैलाई पछि पार्दै उनले उपाधी जितेकी हुन् ।
मिस वर्ल्ड २०२४ क्रिस्टिना पिज्कोभाले ओपल सुचतालाई आफ्नो मुकुट प्रदान गरेकी छन् ।
मिस वर्ल्ड रनरअप इथियोपियाकी ह्यासेट डेर्जे थिइन् भने सेकेन्ड रनरअप पोल्याण्डकी माजा क्लाज्दा र थर्ड रनरअप मार्टिनिककी ओरेली जोआचिम भए ।
मिस वर्ल्डको उपाधि जितेपछि ओपल सुचताले भावुक हुँदै भनिन्, ‘यो मेरो व्यक्तिगत जित मात्र होइन, हेर्न, सुन्न र फरक पार्न चाहने युवा युवतीहरूको पनि जित हो। म यस विरासतको प्रतिनिधित्व गर्न र मिस वर्ल्डको यो युगमा वास्तविक परिवर्तन ल्याउन पाउँदा गर्व गर्छु।’
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया