युद्ध विरामका लागि हमासले दियो अमेरिकालाई प्रतिक्रिया : के के छन् सर्त ?

इजरायल । हमासले युद्ध विरामका लागि अमेरिकी प्रस्तावमा प्रतिक्रिया दिएको छ। १० जीवित इजरायली बन्दी तथा १८ शव हस्तान्तरण गर्न हमास तयार भएको छ। तर उसले आफ्नो तर्फबाट पनि वार्ताका लागि केही सर्त राखेको छ।
गाजाबाट इजरायली सेना हटाउन तथा पूर्ण शान्तिका लागि हमासले सर्त राखेको हो। साथै निरन्तर राहत उपलब्ध गराउने अर्को सर्त छ। अहिले प्रस्ताव गरिएको सर्तमा यी विषय समावेश छैनन्।
अमेरिकाले इजरायलले सो प्रस्ताव स्वीकार गरिसकेको बताएको छ। मध्यपूर्वका लागि अमेरिकी दूत स्टिफ विटकोफले भने यो सर्त अस्वीकार्य रहेको बताएका छन्। उनले हमासले युद्ध विराम सुरु गरेपछि मात्र अन्य विषयमा छलफल हुने बताए।
युद्ध सुरु भए यता नै हमासले अहिले आफूलाई सबै भन्दा अप्ठेरो अवस्थामा पाएको छ। गाजामा बसोबास गर्ने २२ लाख मानिस अहिले सबैभन्दा अप्ठेरो अवस्थामा छन्। यसले उनीलाई उनीहरूलाई युद्ध विरामका लागि दबाब दिइरहेको छ।
हमासका वार्ता संयोजक खालिल अल हाया भने अल्पकालीन शान्तिको प्रस्ताव मान्न तयार छैनन्। इजरायलले जमिनमा आक्रमण गर्ने तयारी गरेको कुरामा सचेत हुँदै हमास अमेरिकाको प्रस्ताव मानी हाल्ने पक्षमा पनि छैन।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया