वाईसीएललाई प्रचण्डको निर्देशन– राजावादीलाई इँटको जवाफ पत्थरले दिनू

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्न निर्देशन दिएका छन् । आइतबार योङ कम्युनिष्ट पार्टी (वाईसीएल) नेपालको तेस्रो सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै उनले आइलाग्नेमाथि जाइलाग्न नसक्ने भए कसरी वाईसीएल हुन्छ भन्दै प्रश्नसमेत गरेका छन् ।
पछिल्लो समय राजावादी छाडा बनेर आफूहरुमाथि आक्रमण गर्ने कोसिस गरिरहेको भन्दै प्रचण्डले आइलाग्नेमाथि जाइलाग्न तयारी भएर बस्न निर्देशन दिए ।
उनले भने, ‘अहिले राजावादीहरु बडो कता कताबाट पैसा ल्याएको छन्, पैसा त उनीहरुले थुपारेकै होलान् । त्यही पैसाको बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको तपाईंहरुले र मैले देखिरहेका छौं । म के भन्न चाहन्छु भने जाइलाग्ने चाहिँ होइन, उनीहरुको सभामा, उनीहरुको आन्दोलनमा गएर जाइलाग्न भन्न मैले खोजिरहेको छैन, बुझ्नुहोला, तर उनीहरु छाडा भएका छन् । छाडा भएर हामीमाथि आक्रमण गर्ने कोसिस गर्दैछन् । यदि उनीहरु आइलाग्छन् भने त्यसको इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुहोस्, गर्नैपर्छ ।’
प्रतिक्रिया