मुग्लिन-नारायणगढ सडक खण्डमा टिप्पर दुर्घटना, चालक घाइते
मेरोन्यूज
२०८२ जेठ १८ गते १७:४४

काठमाडाैं। मुग्लिङ्ग नारायणगढ सडक खण्डमा टिप्पर दुर्घटना भएकाे छ ।
आइतबार (आज) दिउँसो चितवनकाे भरतपुर महानगरपालिका-२९ गाइघाट स्थित मुग्लिङ्ग नारायणगढ सडक खण्डमा टिप्पर दुर्घटना हुंँदा चालक गम्भिर घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ क ०२१५ नम्बरको टिप्पर गति अनियन्त्रीत भइ बाटोको साइडमा पल्टिदा टिप्परमै च्यापिएका चालकको सशस्त्र प्रहरी बलले उद्दार गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण हेक्वा चितवनबाट सुरक्षाकर्मी घटनास्थल पुगी च्यापिएर गम्भिर घाइते भएका चलकको उद्दार गरेको हो ।
चालकलाई उपचारको लागि भरतपुर तर्फ पठाइएको सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया