सर्वसाधारणका लागि प्रहरीले सुरु गर्यो नि:शुल्क बस सेवा
मेरोन्यूज
२०८२ जेठ १९ गते ११:४४

काठमाडौं । काठमाडौं उपत्यकामा नेपाल प्रहरीले नि:शुल्क बस सेवा सञ्चालन गरेको छ ।
यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि सर्वसाधारणलाई सास्ती भएकाे भन्दै उनीहरुलाई गन्तव्यमा पुर्याउनका लागि प्रहरीले बससेवा सञ्चालन गरेकाे हाे । जसअनुसार विभिन्न २ रुटमा नि: बससेवा सञ्चालन हुनेछ ।
पहिलो रुट अन्तरगत नक्साल-बालुवाटार-टिचिङ-चक्रपथ-नयाँ बसपार्क-बालाजु-स्वयम्भू-कलंकी-बल्खु-सातदोबाटो-लगनखेल-जावलाखेल-थापाथली-माइतीघर-पुतलीसडक-जयनेपालसम्म छ ।
यस्तै दोस्रो रुट नक्साल-रातोपुल-गौशाला-एअरपोर्ट-कोटेश्वर-ठिमी-सल्लाघारी-सूर्यविनायक-चाबहिल-सुकेधारा-चक्रपथ-टिचङ-वालुटावार रहेको छ ।

सम्बन्धित
प्रतिक्रिया