आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि

काठमाडौं – रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो उपाधि जितेको छ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आरसीबीले पञ्जाब किंग्स रलाई ६ रनले हराएको हो। १९१ रनको लक्ष्य पछ्याउँदै गरेको पञ्वाबद१८४ रनमै समेटियो। उपाधि जितेपछि विराट कोहली मैदानमै रोएका छन् ।अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा १९१ रनको लक्ष्य पछ्याउँदै रहेको पञ्जाब किंग्स १८४ रनमै रोकियो। बेंगलुरूका तर्फबाट विराट कोहलीले ३५ बलमा ४३ रन बनाए।
पञ्जाबका जितेश शर्माले तीव्र ब्याटिङ गर्दै २४० स्ट्राइक रेटमा १० बलमा २४ रन जोडे। क्रुणाल पाण्ड्याले १७ रन दिँदै २ विकेट लिए। भुवनेश्वर कुमारले पनि २ विकेट लिए। पञ्जाबबाट अर्शदीप सिंह र काइल ज्यामिसनले समान ३–३ विकेट लिए।आरसीबीको टोली आईपीएल इतिहासमा आठौं च्याम्पियन बन्ने आठौं टोली बनेको छ।यसअघि चेन्नई सुपर किंग्स (५ पटक), मुम्बई इन्डियन्स (५ पटक), कोलकाता नाइट राइडर्स (३ पटक), राजस्थान रोयल्स (१ पटक), डेक्कन चार्जर्स (१ पटक), सनराइजर्स हैदराबाद (१ पटक) र गुजरात जायन्ट्स (१ पटक) च्याम्पियन बनेका थिए।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया