बिहीबार, जेठ २२, २०८२

जिकर एक्सको मूल्य घट्यो

मेरोन्यूज २०८२ जेठ २० गते १८:५६


काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा अग्रणी भूमिका निभाउँदै आएको पायोनियर मोटोकर्पले लक्जरी इलेक्ट्रिक एसयूभी ‘जिकर एक्स’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले यस गाडीलाई ७४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराएको छ ।

जुन अघिल्लो मूल्य ८४ लाख ९९ हजारभन्दा ठीक १० लाख रुपैयाँ सस्तो हो । ‘अनचेन्ड ड्युटी, अनबिटेबल प्राइस’ भन्ने नारासहित सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकहरूले केवल २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

साथै, यस योजनामा ग्राहकहरूलाई एक्सचेन्ज बोनस, अटो प्लस बिमा, एक आर्थिक वर्षको सडक कर छुट, र निःशुल्क सात किलोवाटको वाल चार्जरजस्ता विशेष सुविधाहरू पनि प्रदान गरिने जनाएको छ ।

जिकर एक्स २०० किलोवाटको शक्तिशाली मोटरबाट रहेको छ । जसले उच्च प्रदर्शन र सहज, उत्तरदायी (रेस्पोन्सिभ) ड्राइभिङ अनुभव प्रदान गर्दछ । यसको डब्लूएलटीपी रेन्ज ४४० किलोमिटर रहेको छ । गाडी जिकर ००१ र जिकर सेभेन–एक्स जस्ता मोडेलहरूमा जस्तै उन्नत ‘एसइए’ प्लेटफर्ममा आधारित छ । यसको संरचना ७३ प्रतिशत हाइ–स्ट्रेन्थ स्टिल प्रयोग गरेर निर्माण गरिएको छ, जसले गाडीलाई मजबुत बनाउनुका साथै सुरक्षामा कुनै सम्झौता नगरी तौल कम गर्न सहयोग गर्छ ।

सुरक्षाको दृष्टिकोणले पनि जिकर एक्सले आफूलाई अब्बल रहेको कम्पनीको दाबी छ । २०२४ युरोपियन एनक्याप परीक्षणमा दुई विधामा जित हासिल गर्दै प्रतिष्ठित ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको थियो । त्यस्तै, पर्यावरणीय मापदण्डअनुसार गरिएको मूल्यांकनमा ग्रिन एनक्यापबाट पनि यसले ५–स्टार रेटिङ प्राप्त गर्दै वातावरणमैत्री सवारीको रूपमा समेत आफ्नो उपस्थिति सशक्त बनाएको कम्पनीले जनाएको छ ।

पायोनियर मोटोकर्पले विद्युतीय गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई नजिकको सोरूममा गई जिकर एक्सको स्टाइलिस डिजाइन र प्रविधिको अनुभव लिन तथा यो नयाँ मूल्य योजना तथा सुविधाको लाभ लिन अनुरोध गरेको छ ।

प्रतिक्रिया