शनिबार, चैत ७, २०८२

स्कटल्यान्डमाथि जित निकालेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

मेरोन्यूज २०८२ जेठ २१ गते ७:५४

काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ ।

Advertisement
nepal life insurencenepal life insurence

सो खेल स्कटल्याण्डको डुन्डेमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट शुरू हुनेछ ।

यस शृङ्खलाको  पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएर रेकर्ड बनाएको थियो ।

जीतसँगै ८ टोली सहभागी लिग–२ मा नेपाल १३ खेलमा ८ अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । नेदरल्यान्ड्स २० खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

लिग-२ अन्तर्गत नेपाल, घरेलु टोली स्कटल्याण्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला भइरहेको हो ।


आईसीसी विश्वकप लिगको अन्तिममा शीर्ष–४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ । 

शीर्षस्थानमा रहेको अमेरिकाको २० खेलबाट २८, तेस्रो स्थानमा रहेको ओमानको २४, पाँचौँ स्थानमा रहेको क्यानाडाको २० खेलबाट २०, छैटौँ स्थानमा रहेको नामिबियाको २० खेलबाट १४ र आठौं स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)को १६ खेलबाट ६ अङ्क मात्र छ।

नेपालले अब आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ। त्यसपछि तीन टोलीबिच टी-२० सिरिज हुने छ।

नेपाली टोली
नेपाल क्रिकेट सङ्घ (क्यान) रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको छ। उपकप्तान दीपेन्द्रसिंह ऐरी छन्। नेपाली टिममा कुशल भुर्तेल, आरिफ शेख, अनिलकुमार साह, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, , ललितनारायण राजवंशी, सन्दीप लामिछाने, भीम सार्की, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन्। नेपाली प्रशिक्षक स्टुअर्ट ल हुन भने भर्खरै क्यानले दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। सहायक प्रशिक्षकका रुपमा ज्ञानेन्द्र मल्ल रहेका छन्।

प्रतिक्रिया