आइपीएलको बिजय उत्सव मनाउने भिडमा भागदौड हुँदा मर्नेको संख्या ११ पुग्यो

हैदारावाद । रोयल च्यालेन्जर्स बैंगलोरको विजयी परेडका क्रममा चिन्नास्वामी स्टेडियम नजिकै अचानक भागदौड मच्चिएको छ।
उक्त भागदौडमा दुर्घटनामा परिणत हुदाँ अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको एनडिटिभीले जनाएको छ । उसका अनुसार ५० भन्दा बढी गम्भिर घाइते भएका छन् । यो दुर्घटना बेंगलुरुको चिन्नास्वामी स्टेडियमको मुख्य गेट नजिक भएको हो।
हजारौं मानिसको भिडका कारण भीड एक्कासी अनियन्त्रित भई अनियन्त्रित भएको बताइएको छ । अवस्था निकै खतरनाक बन्यो । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको छ ।
हजारौं फ्यानहरू हतारमा विभिन्न गेटहरूबाट स्टेडियममा प्रवेश गर्न खोज्दा भागदौड भएको स्थानिय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलमा उपस्थित प्रहरीले घाइतेहरूलाई एम्बुलेन्समा पु¥यायो र उनीहरूलाई नजिकैका विभिन्न अस्पतालमा भर्ना गरिएको थियो ।
सुरुमा सडक जामका कारण एम्बुलेन्स अस्पताल पुग्न नसकेको प्रहरीले जनाएको छ । अर्को घटनामा एक फ्यान स्टेडियममा हाम फाल्न गेट चढ्ने क्रममा लडेर खुट्टा भाँच्चिएको छ ।
बाक्लो संख्यामा प्रहरीको उपस्थिति भए पनि भीडलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको देखिएको थियो । उत्सवको एक झलक लिन मानिसहरु रुखमासमेत चढेका थिए ।
भागदौडका कारण धेरै आरसीबी फ्यान स्टेडियम बाहिर बेहोस समेत भएका थिए । घटनास्थलमा सबै घाईतेहरुलाई अस्पताल पुर्याउन कैयौं एम्बुलेन्स खटाइएको छ । घटनास्थलमा उपस्थित मानिसहरूले पनि एक अर्कालाई सहयोग गरेका थिए भने कतिपयले घाइतेलाई सीपीआर दिएको पनि देखियो ।
कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाका राजनीतिक सचिव नासिर अहमदले यस घटनाको बारेमा भने कि भीड अचानक नियन्त्रण बाहिर गए पछि स्थिति सम्हाल्न गारहो भएको थियो । ‘परिस्थितिलाई सम्हाल्ने प्रयास गरिरहेका छौं, तैनाथ सुरक्षाकर्मीको संख्या बढाइएको छ । उत्सव व्यवस्था गर्न समय नपाउँदा यो दुर्घटना हुन पुगेको छ,’ उनले भने ।
कर्नाटक राज्य क्रिकेट संघले रोयल च्यालेन्जर्स बैंगलोरलाई आइपीएल २०२५ मा ऐतिहासिक जित हासिल गरेपछि एक अभिनन्दन समारोह आयोजना गरेको थियो, जसमा हजारौं रोयल च्यालेन्जर्स बैंगलोर प्रशंसकहरू आएका थिए।
















अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
चीन सरकारले नेपालमा सङ्घीयसंसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन
Eid al-Fitr enriches sense of mutual harmony and unity-PM Karki
BP Highway obstructed; vehicles put on hold
एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन – डा हेमराज शर्मा
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया