टेक एन्ड पे नीतिप्रति इप्पानको असन्तुष्टि

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले टेक एण्ड पे नीतिमा विद्युत् खरिद सम्झौता गर्दा लगानी जोखिममा पर्ने उल्लेख गर्दै असन्तुष्टि जनाएको छ । काठमाडाैंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले टेक एन्ड पेमा मात्र विद्युत् खरिद सम्झौता गर्दा जलविद्युत् आयोजनाको ६६ अर्ब २२ करोड लगानी जोखिममा पर्ने दाबी गरे । उनले उक्त समस्यालाई ठूलो समस्या ल्याउने बताए ।
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटमा टेक एण्ड पे नीति उल्लेख छ । अध्यक्ष कार्कीले सरकारको उक्त नीतिले निजी लगानीकर्तालाई समस्या पार्ने उल्लेख गर्दै नीति सच्याउन माग गरे ।
सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा रन अफ दि रिभर (आरओआर) आयोजनाको हकमा टेक एन्ड पेमा मात्र विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने, ऊर्जा उत्पादन र खपतको सन्तुलनको आधारमा मात्र पीपीए गर्ने घोषणा गरेको थियो ।
अध्यक्ष कार्कीले भने, ‘पहिले निजीक्षेत्रलाई लगानी गर्न उत्साहित गर्दै ऊर्जा क्षेत्रमा लगानी गर भन्ने र तर अहिले आएर उत्पादन गरिएको विद्युत् खरिद गर्दैनौ भन्ने काम सरकारबाट भएको छ’, उनले भने, ‘उक्त नीतिले निजीक्षेत्र अप्ठ्यारोमा परेको छ उक्त नीतिले निजीक्षेत्रलाई जलविद्युत् क्षेत्रबाट पन्छ्याउन खोजेको छ ।’









…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया