बुधबार, वैशाख २३, २०८३

ऊर्जा आयोगका सहसचिव कलानिधि पौडेल भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित

मेरोन्यूज २०८२ जेठ २२ गते २०:५७

काठमाडौं । ऊर्जा आयोगका सहसचिव कलानिधि पौडेल भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका छन् । पतञ्जली जग्गा घोटाला प्रकरणमा जल तथा ऊर्जा आयोगको सचिवालयमा कार्यरत सहसचिव कलानिधि पौडेल प्रतिवादी बनेका छन्।

Advertisement
NiccNicc

भूमि सुधार तथ व्यवस्था मन्त्रालयमा उपसचिव हुँदा पौडेल पतञ्जली जग्गा घोटाला प्रकरणमा जोडिएका थिए। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा दायर गर्दा सहसचिव पौडेल पनि प्रतिवादी बनाइएका हुन्।

२०७३ साल माघमा सहसचिव भएका पौडेल कानुन समूहतिर सचिव हुने लाइनमा छन्। निर्मला अधिकारी भट्टराई, इन्दिरा दाहालपछि कानुन तर्फको सचिव बन्ने लाइनमा पौडेल थिए। पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सहसचिव पौडेल निलम्बनमा परेका छन्।

विशेष अदालतबाट उनी भ्रष्टाचारी ठहर भए सचिव नभइ सरकारी सेवाबाट बाहिरिने छन् । पौडेलसँग अख्तियारले १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी लिएको छ। ऊर्जातिर घुमिरहेका सहसचिव पौडेल भूमिको उपसचिव हुँदा पतञ्जलीमा जोडिएका हुन्। उनी सहसचिव भएको ८ वर्षपछि भ्रष्टाचारमा डामिएका हुन्।

प्रतिक्रिया