तुलसी सहकारीका अध्यक्षसहित तीन जनालाई तोकियो जरिवाना र कैद सजाय

काठमाडौँ । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाको करोडौँ रुपैयाँ अपचलन गरेको ठहर गर्दै मोरङ जिल्ला अदालतले अध्यक्षसहित तीन जनालाई कैद, जरिवाना र बिगो तिर्ने सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले बिहीबार सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६९ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो र सो बराबरकै जरिवाना तोकेको छ । साथै, पीडित राहत कोषमा २ करोड ७० लाख ३६ हजार ८५० रुपैयाँ बुझाउन पनि अदालतले आदेश दिएको जिल्ला अदालतले जनाएको छ ।
त्यसैगरी, सहकारीका क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई २ वर्ष २ महिना कैद, २७ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकिएको छ । उनलाई राहत कोषमा १ लाख ८ हजार रुपैयाँ जम्मा गर्न आदेश दिइएको छ ।
सहकारीकी सचिव सविना न्यौपानेलाई भने २ वर्ष कैद र पीडित राहत कोषमा ६ सय रुपैयाँ बुझाउन आदेश दिइएको छ ।
सहकारीको नाममा सदस्यहरूबाट संकलन गरिएको ठूलो रकम हिनामिना भएको भन्दै पीडितहरूले पटक–पटक न्याय माग्दै आएका थिए । अदालतको पछिल्लो फैसलाले लामो समयदेखि न्यायको पर्खाइमा रहेका पीडितहरूले राहत पाएका छन् ।
















प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया