स्याङ्जामा विभिन्न मुद्दाका फरार ८ कसुरदार एकैदिन पक्राउ

वालिङ (स्याङ्जा)। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका फरार कसुरदारलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार एकै दिन विभिन्न मुद्दाका आठ कसुरदारलाई पक्राउ गरेको हो ।
जिल्ला अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका आठ जनालाई एकै दिन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिए । पक्राउ परेका आठ जनामध्ये बैङ्किङ कसुरका चार, चेक अनादर तीन र कुटपिट एकजना रहेका छन् ।
पक्राउ परेका आठजना कसुरदारको २४ दिन कैद भुक्तान बाँकी रहेको छभने एक करोड ६१ लाख आठ हजार ४४२ जरिवाना असुल गर्न बाँकी रहेको उनले जानकारी दिए । बैङ्किङ कसुरमा पक्राउ पर्नेमा भीमबहादुर विश्वकर्माको २३ दिन कैद भुक्तान र ८० लाख जरिवाना रहेको छ ।
त्यसैगरी बैङ्किङ कसुरमै कमला केसीको ७९ लाख ८८ हजार, बैङ्किङ कसुरमै बत्ती विकको एक लाख र एक दिन कैद भुक्तान, बैङ्किङ कसुरमै शिवलाल लम्सालको १६ हजार ७५०, चेक अनादरमा झवनाथ भण्डारीको दुई हजार, चेक अनादरमै अमराज गुरुङको एक हजार, चेक अनादरमै गङ्गामाया गुरुङसेनीको ५८२ असुली गर्न बाँकी रहेको छ ।
त्यसैगरी कुटपिटमा ढालबहादुर सुनारको ११० असुली हुन बाँकी रहेको सूचना अधिकारी चौधरीले बताए । जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने कार्यका लागि जिल्लाबाट प्रहरी खटिएर पक्राउ गरेको हो । न्यायिक कारबाहीलाई पूर्णता दिँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चिततामा जोड दिएको उनले बताए ।
जिल्ला अदालतले विभिन्न मितिमा फैसला गरेको मुद्दापश्चात् फरार रहेका कसुरदारलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा जरिवाना तथा कैद भुक्तानका लागि उपस्थित गराएको उनले जानकारी दिए ।













सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया