बाजुराका अग्निपीडितलाई प्रदेश सरकारको आर्थिक सहयोग

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले बाजुराका अग्निपीडितलाई ४० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज भएकोे प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
सहायता रकम बूढीगङ्गा नगरपालिकालाई उपलब्ध गराइने तथा जानकारी दिँदै आगलागीबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भएपछि सरकारले थप सहयोगबारे निर्णय गर्ने बैठकपछि मुख्यमन्त्री शाहले बताए । बैठकले अग्निपीडितलाई १५थान टेन्ट,३४कम्बल र ३४थान त्रिपाल प्रदान गर्ने निर्णय गरेको छ ।
बाजुराको बूढीगङ्गा नगरपालिका –६ बाम्का बजारको नवदुर्गा होटलमा शुक्रबार दिउँसो ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा ३१ घरपसल नष्ट हुनाका साथै १५करोड बराबरको धनमाल क्षति भएको सुरक्षा निकायले जनाएका छन् ।
नगरपालिकाले आगलागि पीडितलाई राहत तथा पुनस्थापना कार्यकाका लागि एकद्धार प्रणाली मार्फत् गर्न समिति गठन गरेको छ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया