प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

कीर्तिपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ राष्ट्रिय महाधिवेशन आज यहाँ प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । महाधिवेशन आगामी तीन दिनसम्म जारी रहनेछ ।
त्यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै सङ्गठनका अध्यक्ष समिक बडालले शैक्षिक समस्या समाधान गर्दै विकासको पथमा अग्रसर हुन महाधिवेशन फलदायी हुने विश्वास व्यक्त गरे । नेपाल विद्यार्थी सङ्घका सभापति डोजाङ शेर्पाले विद्यार्थी आन्दोलनका बारेमा उठेका नकारात्मक टिप्पणीको सामूहिक रूपमा प्रतिवाद गर्नुपर्ने बताए ।
राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवा र विद्यार्थी सङ्घ सङ्गठनले युवाका विषयमा एकजुट हुनुपर्नेमा जोड दिए । अनेरास्ववियुकी पूर्व अध्यक्ष नवीना लामाले गणतन्त्र विरोधीहरूको सङ्गठनले प्रतिवाद गर्नुपर्ने बताइन् ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया