त्रिवि क्रिकेट मैदानको निरीक्षणमा पुगे प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको अवलोकन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले गरिरहेको काम हेर्न ओली आज कीर्तिपुर पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए ।
आइतबार मैदान निरीक्षण गर्न पुगेका उनलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठसहित निर्माण व्यवसायीले हालसम्मको कार्यप्रगतिबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुई महिनाभित्र काम सक्न निर्देशन दिएका थिए ।
प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरकफरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।











नवनियुक्त परराष्ट्रमन्त्री शर्माले सम्हाले कार्यभार
सरकारका प्रवक्ताले भेटे देउवा, ओली र प्रचण्ड, के-के भयाे कुराकानी ?
रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा रिहा
प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया