पर्सामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते
मेरोन्यूज
२०८२ जेठ २५ गते १८:५८

वीरगञ्ज (पर्सा) । कार दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
वीरगञ्ज महानगर–१४ पिपरा रेनुका पेट्रोल पम्प नजिक गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको बिआर ५५ बि ९१०४ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा भारतको बेतिया नरकटियागञ्ज स्थायी घर भएका ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक सुवास भट्टले दुर्घटनामा चारै जना घाइते भएकामा उपचारका लागि एलएस न्यूरो अस्पताल बारा पठाइएको र एकको मृत्यु भएको जानकारी दिनुभयो ।
कार चालक गणेश सर्राफसहित त्यसमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया