स्कटल्याण्डविरुद्ध नेपालको खराब ब्याटिङ

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालको चौथो विकेट गुमेको छ ।
तीन सय २४ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेटका रुपमा आरिफ शेखलाई गुमाएको हो । शेख ५५ बलमा पाँच चौकासहित ३९ रन बनाएर आउछ भए । अहिले क्रिजमा भिम सार्की छन् । उनले ४८ रन बनाएर खेलिरहेका छन् । उनलाई उपकप्तान दीपेन्द्र सिंह ऐरीले साथ दिइरहेका छन् ।यसअघि ओपनर कुशल भुर्तेल १७, आसिफ शेख ८, कप्तान रोहित पौडेल ३ रन बनाएर आउट भएका थिए । यसअघि स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३२३ रनको योगफल बनाएको थियो ।
स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । उनले बेरिङ्टनले ११४ बलमा छ चौका र चार छक्काको सहयोगमा १०२ रनको शतकीय पारि खेले ।
चार्ली टेयरले ६५ बलमा नौ चौकाको सहयोगमा ६८ रन जोडे । त्यसैगरी, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए । नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।









जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया