प्रत्यारोपणमा प्रयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डीलगायत विभिन्न किसिमका शल्यक्रिया तथा प्रत्यारोपणमा प्रयोग हुने सामग्रीहरू अबदेखि अनिवार्य रूपमा अस्पतालकै सरकारी फार्मेसीबाट उपलब्ध गराउने व्यवस्था गर्न परिपत्र जारी गरेको छ ।
सरकारी फार्मेसीमा यस्ता सामग्री नपाइने र मूल्य पनि स्पष्ट नहुने भएकाले बिरामीहरूले ती सामग्री अत्यधिक महँगोमा निजी विक्रेताबाट किन्नुपरेको गुनासो बढेसँगै मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनमा अब नयाँ आर्थिक वर्षदेखि यस्ता वस्तुहरू सरकारी फार्मेसीमै उपलब्ध गराउने र त्यसको मूल्यसमेत सबै बिरामीले देख्ने गरी सार्वजनिक गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
साथै, कुनै नयाँ सामग्री आवश्यक परेमा त्यसको कम्पनी, आधिकारिक विक्रेता र मूल्यसमेत सार्वजनिक गरेर मात्र बिरामीलाई उपलब्ध गराउन सकिने व्यवस्था गर्न मन्त्रालयले सबै अस्पतालहरूलाई निर्देशन पठाएको छ ।
मन्त्रालयले बिरामीबाट आउने गुनासोको सम्भावना हटाउन अस्पतालहरूलाई समयमै सजग रहन पनि सचेत गराएको छ।










उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति
दुई सय र पाँच सय दरका भारतीय नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
प्रतिक्रिया