नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
मेरोन्यूज
२०८२ जेठ २६ गते १९:१२

काठमाडौं । नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
तीन वटा कम्पनीलाई कर्जा प्रवाह गर्दा ७५ लाख घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अधिकारीमाथि कर्जा प्रवाहका क्रममा घुस र कमिसन लिएकोलगायत आरोप छन् । उनले आफ्ना चालक उमेश महर्जनमार्फत ऋणीहरूबाट कर्जाबापत कमिसन संकलन गरेको अनुसन्धानबाट पत्ता लागेको अख्तियारको दाबी छ ।
उक्त घुस प्रकरणमा हस्पिटालिटीका सञ्चालक बालकृष्ण भुसालविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
अख्तियारले गत वर्ष माघ २९ गते अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया