लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार वृक्षारोपण गरिँदै

लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष ०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बताइएको छ ।
कार्बन अकाउन्टिङ फाइनान्सियल (पिक्याफ) पद्धतिअनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्दछ । मूल्यांकन गरिएका पोर्टफोलियोबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २०२,०१३.४२ टन कार्बनडाइअक्साइडबराबर थियो ।
पोर्टफोलियोअनुसार व्यापार कर्जामा १९०,२९३.४२ टन, परियोजना वित्तमा (जलविद्युत्बाहेक) ७०५.५६ टन, गाडी कर्जामा १,५२८.९८ टन र घर कर्जामा ९,४८५.४६ टन कार्बन उत्सर्जन थियो ।
त्यस्तै, बैंकको जलविद्युत् परियोजनामा गरेको लगानीले अनुमानित २०,३४७.११ टनबराबरको कार्बन उत्सर्जन रोक्न योगदान पुर्याएको र यसले बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानप्रतिको प्रतिबद्धतालाई थप जोड दिएको बताइएको छ । बैंकले चालू आवमा १० हजार रुख रोप्न ‘मिसन १० हजार’ पनि सञ्चालन गरेको छ । हालसम्म साढे सात हजार रुख रोपिइसकिएको बैंकले जनाएको छ ।
















सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया