पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
मेरोन्यूज
२०८२ जेठ २८ गते ११:४९

काठमाडौं । पत्रकार दिलभुषण पाठकविरद्ध पक्राउ पूर्जी जारी भएको छ ।
प्रहरीले जिल्ला अदालत काठमाडौंबाट उनलाई थुनामा राखेर अनुसन्धान गर्न पक्राउ अनुमति लिएको हो ।
पाठकले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै प्रहरीको साइबर ब्युरो भोटाहिटीले अदालतबाट पक्राउ अनुमति मागेको थियो । सोही अनुमतिका आधारमा जिल्ला अदालत काठमाडौंले मंगलबार पक्राउ पुर्जी जारी गरेको प्रहरीले जानकारी दियो ।
पत्रकार पाठकविरुद्ध आफ्नै युट्युब च्यानलमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीरसिंह देउवाको होटल हिलटनमा लगानी रहेको अपुष्ट समाचार प्रसारित गरेको आरोप छ ।
सम्बन्धित
















बालेनको स्वागत गर्न पुगेका समर्थक गाडीबाट खसे, ६ जना घाइते
समानुपातिक तर्फको मतपत्र छपाइ सकियाे
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार १६ अर्ब नाघ्यो
तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
प्रतिक्रिया