बालेन र सुनिताको लामो समयपछि भेट, के भयो कुराकानी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच लामो समयपछि भेट भएको छ । बुधबार महानगरकाे कार्यालयमा वडाध्यक्षसहित उनीहरुबीच भेटवार्ता भएको हो ।
छलफलमा वडा-१७ का वडाध्यक्ष नवीन मानन्धर, वडा-३२ का वडाध्यक्ष नवराज पराजुली र वडा-१५ का वडाध्यक्ष ईश्वरमान डंगोल सहभागी थिए । उनीहरुबीच २ घण्टा छलफल भएको थियो । बैठकपछि मेयर साह महानगरपालिकाको कार्यपालिका बैठक र नगर सभा बोलाउने सहमतिमा पुगेका छन् ।
बुधबारै अपराह्न करिब ४ बजेतिर मेयर र उपमेयरबीच छुट्टै भेटवार्ता भएको थियो । आज पनि उनीहरूबीच भेटवार्ताको तयारी रहेकाे बुझिएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगको विवादपछि मेयर र उपमेयरबीचको दूरी बढेको थियो । विवाद सिर्जना भएसँगै उनीहरुकाे करिब अढाई महिनासम्म बोलचाल समेत भएको थिएन ।
आन्तरिक विवादकै कारण महानगरमा ०८१ पुस ८ गतेयता नगरकार्यपालिकाको बैठक बसेको छैन ।
















१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया