न्यायाधीशलाई मोसो दल्नु न्यायपालिका माथि आक्रमणः न्यायाधीश समाज

काठमाडौं । उच्च अदालत, वीरगञ्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलासमै मोसो प्रहार भएको घटनाप्रति न्यायाधीश समाजले आपत्ति जनाएको छ।
समाजले शुक्रबार विज्ञप्ति जारी गरी न्याय सम्पादनको सिलसिलामा इजलासमा काम गरिरहेको अवस्थामाथि न्यायाधीशहरुमाथि आक्रमण हुनुलाई निन्दनीय भनेर टिप्पणीसमेत गरेको छ। समाजले सो मोसो दल्ने जस्तो घृणित आक्रमणलाई न्यायाधीशमाथि मात्रै नभई सिंगो न्यायपालिका माथिकै आक्रमणको रूपमा टिप्पणीसमेत गरेको छ । साथै, समाजले सो घटनामा संलग्नलाई कानूनी दायरामा ल्याई कारवाही गर्न मागसमेत गरेको छ ।
हिजो नेकपा बहुमतका कार्यकर्ताहरु उच्च अदालतको बीरगञ्ज इजलासमा गएर न्यायाधीशद्दय थारु र महर्जनमाथि मोसो छ्यापेका थिए ।
ज्यान मुद्दाका आरोपित कांग्रेस पूर्वसांसद मोहम्वद आफ्ताव आलम लगायतलाई सफाई दिएको भन्दै उनीहरुले इजलासमै न्यायाधीशहरुमाथि दुर्व्यवहार गरेका थिए ।
प्रहरीले सो घटनामा संलग्न रहेका तीन जनालाई पक्राउ गरिसकेको छ।
















राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया