मंगलबार, वैशाख २२, २०८३

डीआरएस र होरा ईस्पोर्ट्ससँग सहकार्य गर्दै इनफिनिक्स

मेरोन्यूज २०८२ जेठ ३० गते २१:३७

काठमाडौं।स्मार्टफोन ब्रान्ड इनफिनिक्स नेपालले नेपालका दुई प्रतिष्ठित ईस्पोर्ट्स टोली डीआरएस गेमिङ र होरा इ स्पोर्सट सँग साझेदारी गरेको घोषणा गरेको छ।

Advertisement
NiccNicc

यो साझेदारीमार्फत इनफिनिक्सले नेपाली गेमिङ समुदायमा आफ्नो उपस्थिति सुदृढ पारी उच्च प्रदर्शन युक्त स्मार्टफोनहरू उपलब्ध गराउने छ।

कम्पनीले यी टोलीहरूलाई तीव्र प्रोसेसर, उच्च रिफ्रेस रेट डिस्प्ले र लामो समयसम्म चल्ने ब्याट्री भएका स्मार्टफोनहरू प्रदान गर्नेछ। विशेष गरी इनफिनिक्स जी टी ३० प्रो मोडेल प्रयोग गरिने छ।

साझेदारीअन्तर्गत गेमिङ अभियान, लाइभ स्ट्रिम, टूर्नामेन्ट र फ्यान इन्टरएक्सन कार्यक्रमहरू सञ्चालन गरिनेछ। फ्यानहरूका लागि गिभअवे र डिभाइस डेमो कार्यक्रम पनि आयोजना गरिने छ।

इनफिनिक्स नेपालका अनुसार यो साझेदारी नेपाली युवा र उनीहरूको गेमिङ संस्कृतिप्रति समर्थन देखाउने उद्देश्यले गरिएको हो। यसले नेपाली गेमरहरूको समुदाय निर्माण र नेपाललाई अन्तर्राष्ट्रिय गेमिङ मञ्चमा पहिचान दिलाउन मद्दत गर्ने विश्वास छ।

प्रतिक्रिया