बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

लन्डन । अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मुहम्मद युनुस र बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमानबीच लण्डनमा भएको महत्वपूर्ण बैठकले बंगलादेशको आगामी राष्ट्रिय निर्वाचनका सम्बन्धमा महत्वपूर्ण राजनीतिक संकेत प्राप्त गरेको छ ।
यसै क्रममा प्राध्यापक युनुसले आवश्यक तयारी पूरा भए सन् २०२६ को रमजान अघिल्लो साता निर्वाचन हुनसक्ने संकेत दिएका छन् ।
लण्डनको प्रतिष्ठित होटल डोर्चेस्टरमा शुक्रबार बिहान ९ बजे (लण्डन समयअनुसार) सुरु भई १०ः३० बजे समापन भएको थियो । बैठकपछि संयुक्त पत्रकार सम्मेलन गरिएको थियो, जसमा राष्ट्रिय सुरक्षा सल्लाहकार खलीलुर रहमान, मुख्य सल्लाहकारका प्रेस सचिव शफिकुल आलम र बिएनपी स्थायी कमिटी सदस्य अमिर खसरु महमूद चौधरी पनि सहभागी थिए ।
बैठक सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकमा तारिक रहमानले अर्को वर्ष रमजान अघि निर्वाचन गराउने प्रस्ताव राखेका थिए । उनले पार्टी प्रमुख बेगम खालिदा जियाले पनि त्यही समयमा निर्वाचन भए देशका लागि राम्रो हुने विश्वास व्यक्त गरेको सन्देश सुनाएका थिए ।
यसको जवाफ दिँदै प्रमुख सल्लाहकार प्राध्यापक युनुसले २०२६ अप्रिलको पहिलो पन्ध्र दिनमा निर्वाचन हुने घोषणा गरिसकेका छन् । तर, आवश्यक सबै प्रशासनिक, व्यवस्थापिका र निर्वाचन सुधार समयमै सम्पन्न भएमा फ्रेबुअरी मसान्तमा अर्थात् रमजान सुरु हुनुभन्दा एक साताअघि निर्वाचन हुनसक्छ ।
बिएनपीले यस वर्षको डिसेम्बरमा निर्वाचन गराउन माग गरिसकेको छ । तर, हालको चुनावी क्यालेन्डरअनुसार २०२६ अप्रिलमा निर्वाचन हुने अपेक्षा गरिएको थियो। अब रमजान अघिको सम्भावित समयसीमाले यो प्रक्रियालाई अलि लचिलो बनाउने देखिन्छ।


















बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया