चिनिया बिदेश मन्त्रीले भने, ‘चीन इरानकाे समर्थनमा छ’

काठमाडौं। चीनले इरानलाई समर्थन गर्ने भएको छ ।
इरान माथी इजरायली हमला भए पछि भएको पहिलो बार्तामा चीनले सो प्रतिबद्दता जनाएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी समकक्षी अब्बास अराघचीसँगको फोन बार्तामा सो प्रतिबद्दता जनाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
चीनले भन्यो, ‘तेहरानलाई आफ्नो वैध अधिकार र हितको रक्षा गर्न सहयोग गर्नेछ ।’
विदेशमन्त्री वाङ यीले शनिबार इरानी विदेशमन्त्रीसँग फोनवार्ता गरेर स्थितिको जानकारी लिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
सो पत्रिकाका अनुसार इरानमाथि इजरायलले आक्रमण गरेपछि चीनले तुरुन्तै आफ्नो अडान स्पष्ट गरेको वाङले बताएका छन ।
चीनले इरानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लङ्घन गरेको भन्दै इजरायलको स्पष्ट निन्दासमेत गरेको छ।
वाङले इरानी अधिकारीहरूलाई लक्षित गरी सर्वसाधारणको ज्यान लिने क्रूर आक्रमणको चीन दृढताका साथ विरोध गर्ने र इरानको राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्न, आफ्नो वैध अधिकार र हितको रक्षा गर्न र जनताको सुरक्षामा इरानलाई समर्थन गर्ने पनि स्पष्ट पारेको छ।
उता, वाङले इजरायली विदेशमन्त्री गिडोन सारसँगको टेलिफोन बार्तामा इरानमाथि इजरायलको बलियो आक्रमणको विरोध गरेको स्पष्ट पारेका छन । यस वक्तव्यमार्फत चीनले पश्चिम एसियामा बढ्दो तनावबारे आफ्नो कूटनीतिक अडान स्पष्ट गरेको छ।










ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
एमालेमा मन र मत मिलाउने प्रयास
मादी नदीमा महिलाको शव फेला
कांग्रेस केवल पार्टी होइन, देश सम्हाल्ने राष्ट्रिय शक्ति हो : गगन थापा
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया