हतियारसहित इरानले पक्राउ गर्याे मोसादका एजेन्टहरु

इरान । इरानी सुरक्षा निकायले ठुलाे मात्रामा ड्राेन, विष्फोटक पदार्थसहित इजरायलको जासुसी संयन्त्र मोसादका लागि काम गर्ने स्थानीय एजेन्टहरु पक्राउ गरेकाे छ । इरानकाे तस्मिन न्यूज एजेन्सीका अनुसार प्रहरीले दुई छुट्टाछुट्टै अपरेशनमा माेसादका लागि काम गरिरहेका दुई जना ईरानीलाई पक्राउ गरेकाे हाे ।
इरान प्रहरीका प्रवक्ता ब्रिगेडियर जनरल मोन्टाजेर अल-महदीले भने ‘ दुई छुट्टाछुट्टै अपरेशनमा, रे काउन्टी विशेष प्रहरी कमाण्डले फशाफोयेहमा दुई मोसाद आन्तरिक एजेन्टहरूलाई पहिचान गरी पक्राउ गरिएको छ।’ उनिहरुबाट ठुलाे परिणाममा हातहतियार , विष्फोटक पदार्थ र ड्राेन नियन्त्रणमा लिइएकाे छ ।
प्रवक्ता अल-महदीले थपे “यी व्यक्तिहरूबाट २०० किलोग्रामभन्दा बढी विस्फोटक पदार्थ , २३ वटा ड्रोन, लन्चर, मार्गदर्शन उपकरणहरू र नियन्त्रकहरूका लागि उपकरणहरू, साथै निसान कार पनि फेला पारिएको छ र जफत गरिएको छ।” पछिल्लो समय स्थानीय माेसाद एजेण्टकाे सहयाेगमा इरानले ठुलाे क्षति व्यहोरिरहेको सन्दर्भमा यो पक्राउलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ ।

















पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२२५ केजी गाँजासहित दुई जना पक्राउ
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया