रक्षा मन्त्रालयपछि अब इरानको विदेश मन्त्रालयमा पनि इजरायलको आक्रमण
मेरोन्यूज
२०८२ असार २ गते १३:३५

काठमाडौं । इजरायल र इरानबीच आज चौथो दिन पनि झडप जारी छ।
इजरायलले आइतबार राति इरानको विदेश मन्त्रालयमा आक्रमण गरेको छ। यसमा १०० भन्दा बढी घाइते भएका छन्। आइतबार मात्रै इजरायली सेनाले इरानी रक्षा मन्त्रालयमा आक्रमण गरेको थियो।
इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा हालसम्म २२४ जनाको मृत्यु भएको बताएको छ । यस्तै १ हजार २७७ जनाभन्दा बढी घाइते भएका छन्।
यसैबीच, अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समूहले इरानमा ४०६ जनाको मृत्यु भएको दाबी गरेको छ।
इरानले पनि इजरायल विरुद्ध बदला लिएको छ। इरानले सोमबार बिहान मध्य इजरायलमा ४ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। यसमा ५ जनाको मृत्यु भएको थियो भने ९० जना घाइते भएका थिए। इरानी आक्रमणमा हालसम्म २० इजरायलीको मृत्यु भएको छ भने करिब ५०० जना घाइते भएका छन्।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया