मंगलबार, वैशाख १, २०८३

रक्षा मन्त्रालयपछि अब इरानको विदेश मन्त्रालयमा पनि इजरायलको आक्रमण

मेरोन्यूज २०८२ असार २ गते १३:३५

काठमाडौं । इजरायल र इरानबीच आज चौथो दिन पनि झडप जारी छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

इजरायलले आइतबार राति इरानको विदेश मन्त्रालयमा आक्रमण गरेको छ। यसमा १०० भन्दा बढी घाइते भएका छन्। आइतबार मात्रै इजरायली सेनाले इरानी रक्षा मन्त्रालयमा आक्रमण गरेको थियो।

इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा हालसम्म २२४ जनाको मृत्यु भएको बताएको छ । यस्तै १ हजार २७७ जनाभन्दा बढी घाइते भएका छन्।

यसैबीच, अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समूहले इरानमा ४०६ जनाको मृत्यु भएको दाबी गरेको छ।

इरानले पनि इजरायल विरुद्ध बदला लिएको छ। इरानले सोमबार बिहान मध्य इजरायलमा ४ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। यसमा ५ जनाको मृत्यु भएको थियो भने ९० जना घाइते भएका थिए। इरानी आक्रमणमा हालसम्म २० इजरायलीको मृत्यु भएको छ भने करिब ५०० जना घाइते भएका छन्।

प्रतिक्रिया