सोमबार, मंसिर २९, २०८२

इजरायलका जासुसलाई इरानले दियाे फाँसी

मेरोन्यूज २०८२ असार २ गते १३:५८

इजरायली गुप्तचर संस्था मोसादका लागि जासुसी गरेको आरोपमा इरानमा एक व्यक्तिलाई फाँसी दिएको छ ।

तास्निम न्यूज एजेन्सीका अनुसार उक्त व्यक्ति इस्माईल फेक्री हुन् । उनलाई इजरायली शासनको मोसादका लागि जासुसी गरेको, सुरक्षा सम्बन्धी गोप्य सूचना सङ्कलन गरेको र इरानभित्र तोडफोडका गतिविधिहरूमा संलग्न भएको अभियोगमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सदर गरेपछि उनलाई इरानले सोमबार फाँसी दिएको हो ।

फेक्री दुई जना मोसाद अधिकारीहरूसँग सम्पर्कमा थिए र इरानका गोप्य तथा संवेदनशील सूचना शत्रु पक्षलाई उपलब्ध गराउने जिम्मेवारी पाएका थिए।

प्रतिक्रिया