लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

काठमाडौं। विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता कम्पनी सेरेस (Seres) ले सन् २०२५ को अप्रिल महिनामा उल्लेखनीय बिक्री वृद्धिको उपलब्धि हासिल गरेको छ। कम्पनीले उक्त महिनामा कुल ३१,४८८ युनिट न्यू इनर्जी भेहिकल (NEV) बिक्री गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा १२.९९% ले वृद्धि भएको छ।
यो उपलब्धिलाई विश्लेषकहरूले सेरेसको लक्जरी ईभीको नयाँ लाइनअप र बजारमा पुनः प्राप्त चासोको परिणामका रूपमा व्याख्या गरेका छन्। कम्पनीको M9 मोडल, जसमा अत्याधुनिक इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि जडान गरिएको छ, लगातार ११ महिना चीनको लक्जरी NEV श्रेणीको सेल्स चार्टमा अग्रस्थानमा रहँदै आएको छ।
चोंगकिंग लियाङजियाङ न्यू एरियामा मुख्यालय रहेको सेरेसले हुवावे सँग सहकार्य गर्दै चीनको NEV बजारमा बलियो उपस्थिति बनाएको छ। मार्चमा M9 को अपडेटेड संस्करण सार्वजनिक भएपछि र अप्रिलमा M8 मोडलको सुरुवातसँगै उपभोक्तामा फेरि उच्च चासो देखिएको छ।
अप्रिल १६ मा सार्वजनिक गरिएको M8 मोडल, M7 र M9 को बीचको विकल्प हो। यसको मूल्य ३५९,८०० युआन देखि ४४९,८०० युआन सम्म तोकिएको छ। यसमा LiDAR प्रविधि, HarmonyOS ककपिट, जस्ता फिचर समावेश छन्। तुलनात्मक रूपमा M9 भन्दा सस्तो मूल्यमा स्मार्ट र लक्जरी फिचर दिने यस मोडलले सार्वजनिक भएको केही हप्तामै ७०,००० भन्दा बढी प्री-अर्डर प्राप्त गरेको कम्पनीले जनाएको छ।
सेरेसका अनुसार, जनवरीमा १२,४८३ युनिट बिक्री भएकोमा, मार्चमा घटेर ५,२३६ मा झरेको थियो। तर, अप्रिलमा M9 को नयाँ संस्करणको प्रभावले बिक्री पुनः बढेर १३,१४९ युनिट पुगेको छ।
कम्पनीको सन् २०२४ को वार्षिक प्रतिवेदन अनुसार, सो वर्ष सेरेसले ४,२६,८८५ युनिट NEV बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १८२.८४% ले बढी हो। तर, २०२५ को पहिलो चार महिनामा देखिएको धीमा प्रगतिको ट्रेन्डले यस वर्ष सोही लय कायम राख्न चुनौतिपूर्ण हुने संकेत गरेको छ।
हालसम्म M8 को विस्तृत वितरण तथ्यांक सार्वजनिक भइनसकेकोले, यसको वास्तविक बजार प्रभाव मूल्याङ्कन गर्न कठिन भएको बताइएको छ।
अर्कोतर्फ, चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स का अनुसार, सन् २०२५ अप्रिल महिनामा चीनमा कुल १.२२६ मिलियन NEV बिक्री भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४.२% ले वृद्धि भएको हो। अप्रिल महिनामा चीनमा बिक्री भएका कुल २.५९ मिलियन सवारी साधनहरूमध्ये ४७.३% NEV हरू थिए।
सेरेसको पुनः बृद्धि भएको बिक्रीले चीनको समग्र NEV बजार पुनः उकालो लागेको संकेत दिएको छ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया