सातवटै प्रदेशमा वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ ।
महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशको एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सातवटै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको छ।
यस्तै, आज राति पनि सबै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ ।
















नासा नेपालद्वारा चितवनमा ईभीसम्बन्धी एक दिने ओरिन्टेसन कार्यक्रम सञ्चालन
फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्रीको स्पष्टीकरण
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया