उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान
मेरोन्यूज
२०८२ असार ४ गते ११:५९

काठमाडौं । उपसभामुख इन्दिरा राना मगर दक्षिण अफ्रिका प्रस्थान गरेकी छन् । चार दिने भ्रमणका लागि उनी बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
दक्षिण अफ्रिकाको प्रिटोरिया शहरमा आयोजित लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन उपसभामुख राना दक्षिण अफ्रिका गएकी हुन् ।
उनले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स(आइडिइए), ओपन सोसाइटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा जुन १९ र २० मा हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’. विषयक उच्चस्तरीय संवादमा भाग लिने जानकारी दिइएको छ ।
राना आउँदो ८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ ।
सम्बन्धित
















सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
प्रतिक्रिया